प्रशिक्षण सहयोगका लागि पहल

tt hawae
नेपालले आयोजनाको जिम्मेवारी पाएको १३ औं दक्षिण एसियाली खेलकुद (साग) को तयारीलाई मजबुत बनाउने उद्देश्यले अखिल नेपाल टेबलटेनिस संघले पहल सुरु गरेको छ ।सो क्रममा टेबलटेनिस संघका अध्यक्ष चतुरानन्दराज वैद्य, उपाध्यक्ष धर्ममान वज्राचार्य, महासचिव कुवेरप्रकाश सिंह र सदस्य सन्ध्या शाक्यसहितको टोलीले शुक्रबार नेपालका लागि दक्षिण कोरियाका राजदूत चो योङ जिनसंग भेट गरेका छन् ।
त्यस अवसरमा टेबलटेनिस पदाधिकारीले जिनलाई नेपाली खेलाडीको प्रशिक्षणका लागि कोरियाबाट नेपालमा प्रशिक्षक झिकाउने वा नेपाली खेलाडीलाई कोरियामै प्रशिक्षणको व्यवस्था मिलाइ दिन आग्रह गरेका थिए ।
जिनले सो सम्बन्धमा आफूले सक्दो पहल गर्ने आश्वासन दिएको उपाध्यक्ष वज्राचार्यले जनाएका छन् । भेटका अवसरमा अध्यक्ष वैद्यले जिनलाई उपहार स्वरुप मायाको चिनो प्रदान गरेका थिए ।

Comment