२–० को अवस्थामा खेल स्थगित
तेश्रो नेपाल कप आमन्त्रण फुटबल प्रतियोगिता अन्तरगत बिहिबार भएको आयोजक ईलाम –११ र पूर्वाञ्चल सशस्त्र प्रहरी बल फुटबल टिम विच भएको सेमिफाईनलको खेल खराब मौशमका कारण २–० को अवस्थामा स्थगन भएको छ । सेमिफाईलनको दोश्रो हाफको १८ मिनट १३ सेकेन्डको अवस्थामा मैदानमा हुस्सु लाग्न गई खेलाडी र बल नदेख्ने अवस्था उत्पन्न भए पछि दुवै टोलीको सहमतीमा अर्को व्यवस्था नभए सम्मका लागि प्रतियोगिता रेफ्री सुरज मानन्धरले खेललाई स्थगन गरे ।
अन्तराष्ट्रिय नियम अनुसार मौशम सफा भए पश्चात सोही समय बाट खेल संचालन गरि प्रतियोगितामा जित हारको निर्णय गरिने रेफ्री मानन्धरले जानकारी गराए ।अस अघि सशस्त्र प्रहरी बल फुटबल टिमले खेलको दोश्रो हाफको ७ औं मिनटमा हरी कार्कीले गोल गर्दै टोलीलाई अग्रता दिलाएका थिए । उनले उज्जल चामलिङ्गले मैदानको देव्रे कर्नरबाट गरेको माईनल बललाई सदुपयोग गर्दै विपक्षीको पोसको जाली चुमाएका थिए । यस्तै टोलीलाई अगाडी बढाउने क्रममा उज्जल चामलिङ्गले वान भर्सेस वानको अवस्थामा आयोजक ईलाम – ११ का गोल किपरको माथी बाट भली प्रहार गरि गोल गर्दै खेललाई २–० को अवस्थामा पु¥याएका थिए ।