तेक्वान्दो स्टारको नेपालप्रतिको मोह यथाबत ः कमल

सविता र किशोर परिवारको साथमा
सविता र किशोर परिवारको साथमा

सन् १९८६ को सोल ओलम्पिकको प्रदर्शनी खेलमा काश्यपदक जितेका विधान लामा अमेरिकामा रहेका छन् । बैकक एसियाडकी रजत पदक विजेता सविता राजभण्डारी पनि अहिले अमेरिकामा नै छिन् । सविताका श्रीमान् तथा बैंकक एसियाडका काश्य पदक किशोर श्रेष्ठ पनि उतै छन् । अमेरिकामा नै रहेर नेपाली तेक्वान्दोको विकासमा सक्रिय यी ऐतीहासिक ब्यक्तित्वहरु संगठीत छन्, इन्टरनेसनल नेप्लीज तेक्वान्दो एसोसीएसनको रुपमा ।
सस्थाको नेतृत्व विधानले गरेका छन् । सविता त्यस सस्थाको उपाध्यक्ष रहेकी छिन् । नारायण गुरुङ्ग महासचिव रहेको सस्थाको सचिव अच्युत बास्कोटा रहेका छन् । किशोर सस्थाको कोशाध्यक्ष छन् । स्टार खेलाडी मात्र होइन, मानबीय संबेदना र सामाजीक उत्तरदायीत्व बोध गर्ने स्वभावका कारण नेपाली खेलकुदकै एक आदर्र्श जोडी किशोर र सविताको कारण यो सस्थाको उचाइ अझ धेरै बढेको तेक्वान्दोलाई नजीकबाट नियाल्नेहरुको मत छ ।
यसै स्टार खेलाडीको भिडमा दुइ पटककी सागकी विजेता, दुइ पटककी एसियन च्याम्पियनसीपकी पदक विजेता तथा एसियाड पदक विजेता रेनुका मगर पनि त्यसै छिन् । पाकिस्तान सागका स्वर्ण पदक विजेता निर्मल श्रेष्ठ र निरञ्जन श्रेष्ठको साथमा साग स्वर्ण विजेता कमल बहादुर क्षेत्री पनि त्यसै सस्थामा आबद्ध छन् । पासाङ्ग लामा पनि त्यसै सस्थामा आबद्ध छन्।
नेपाली तेक्वान्दो मात्र नभएर अन्य सामाजीक तथा मानबीय संबेदनासंग सरोकार राख्ने कुनै पनि खाले समस्यामा यो सस्थाको भुमिका उत्तिकै रहेको छ । आफू भन्दा पछिल्ला तेक्वान्दो पुस्ताको मनोबल बढाउन यो समुहको भुमिका पनि त्यत्तिकै रहदै आयो ।

कमल परिवार सहित
कमल परिवार सहित

यसै क्रममा भारतमा सम्मपन्न १२ औ दक्षिण एसियाली खेलकुदका पदक विजेता तेक्वान्दो खेलाडीलाई सस्थाले केही समय अघि सम्मानीत गरेको छ । सस्थाको प्रतिनिधीत्व गर्दै यसै कार्यक्रमका लागि काठमाडौ आइपुगेका कमल भन्छन,“ एउटा सामान्य नेपाली राष्ट्रिय च्याम्पियन हुदै देशको प्रतिनिधीत्व गर्दै अन्तराष्ट्रिय प्रतियोगितामा प्रतिनिधीत्त्व गर्नु चानचुने कुरा होइन । एकदमै कठिन मिहनेतले मात्र यो सम्भब हुन्छ भन्ने हामीले बुझेका छौ । यसकारण सधै पछिल्लो पुस्ताको मनोबल बढाउन हामी लागी परेका हौ । ” यस पटकको सम्मानका लागि ५ लाख रुपैया बराबरको बजेट तयार गरेको यो सस्थाको पहिलो र दोश्रो माउन्ट एभरेस्ट अन्तराष्ट्रिय तेक्वान्दो च्याम्पियनसीप आयोजना हुदा पनि उत्तकै महत्वपूर्ण भुमिका रहेको थियो । यसै सस्थाले खेलकर्मी विमारी हुदा सहयोग गरेको, भुकम्पपिडितकालागि गरेको सहयोग उत्तिकै महत्वपूर्ण रहेको छ ।
किशोरकै अनुसार सस्थाका उपाध्यक्ष किशोरले उनको डोजाङ्ग स्वयम्भु तेक्वान्दो डोजाङ्गमा गरेको सहयोग र सबिताले हरिवनमा गर्ने गरेको निरन्तर सहयोग अहिले पनि सहनीय छ ।
त्यसोत कमल आफै पनि उनको उदय भएको चितवनको रत्ननगर तेक्वान्दो डोजांगका हरेक गतीबीधीमा त्यत्तिकै सक्रिय छन् । भरतपुर उपमहानगर पालीका वडा नम्बर आठ स्थित दुर्गा बहादुर क्षेत्री र कमला क्षेत्रीका आठ सन्तान मध्उ माइला छोरा कमल भन्छन,“ एउटा सामान्य किसानको छोरा देशको प्रतिनिधीत्व गर्ने हैसियत राख्ने र पदक जित्न्े तहसम्म कत्तिसम्म संघर्ष गर्नु पर्छ । मैले बीर्सेको छैन । यसकारण पनि हामी हरेक नेपाली खेलाडीको संघर्षमय जिवनलाई सजिलै बुझ्े गरेका छौ । ”

राष्ट्रिय टोलीकी कप्तान आयशा सम्मान ग्रहण गर्दै
राष्ट्रिय टोलीकी कप्तान आयशा सम्मान ग्रहण गर्दै

लगभग १ दशक को हाराहारीमा राष्ट्रिय खेलाडीको रुपमा रहेका नेपाल आर्मीका समते पूर्व खेलाडी कमल अहिलको राष्ट्रिय टोली पनि प्रतिभासाली खेलाडीको जमात भएको बताउदै म्याच एक्सपोजरको अभावले आउनु पर्ने जस्तो नतीजा नआएको कुरामा सहमत छन् । यसका लागि उनी आफू आबद्ध भएको सस्था प्रतिबद्ध भएको बताउछन् ।

Comment