गोजुरियो टोली मलेसियातर्फ

om bidaie
तेह्रौं ओकिनावा गोजुरियो अन्तर्राष्ट्रिय कराते प्रतियोगितामा सहभागी हुन २ खेलाडीसहित ३ सदस्यीय नेपाली टोली बुधबार मलेसियाको इपो पेराक प्रस्थान गरेको छ । एसियाली क्षेत्रका १९ राष्ट्र सहभागी हुने बताइएको प्रतियोगिता मे ६ देखि ८ तारिखसम्म सञ्चालन हुने छ ।
विशांक राना मगरले ११ वर्षमुनिको ३० केजीमुनि तथा रोशन श्रेष्ठले १५ वर्षमुनिको ६० केजीमुनि तौलसमूहमा प्रतिस्पर्धा गर्ने छन् ।
टोली नेतामा जापान कराते डो गोजुरियो ओसिकाइ संघ नेपालका महासचिव एवं प्रमुख प्रशिक्षक ओमकृष्ण प्रसाईं रहेका छन् ।
वर्षेनी हुने प्रतियोगितामा नेपालले विगत पाँच वर्षदेखि नियमित रुपमा सहभागिता जनाउदै आएको छ । दसौं संस्करणमा हरिकुमार चन्दले जितेको पदक नै उक्त प्रतियोगितामा नेपालले जितेको एक मात्र पदक हो ।
टोलीलाई नेपाल कराते महासंघ एवं नेपाल सितोरियो कराते संघका अध्यक्ष दावा गुरुङ, ओसिकाइका अध्यक्ष नेत्रबहादुर सुब्बालगायतले एक कार्यक्रमबीच बिदाइ गरे ।

Comment