पर्खी र ह्याल्मोलाई स्वर्ण

thokar1e
इन्टरनेसनल मार्सल आर्ट एसोसीएसन न्युयोर्कको आयोजनामा १ मेमा कोलाराडो लाइजभिलमा २१ औ रक्की माउन्टेन कराते च्याम्पियनसीप सम्पन्न भयो । प्रतियोगितामा अमेरिका सहित मेक्सीको, पोर्टरिको र क्यानाडाका खेलाडीको सहभागिता रहेको थियो । त्यसै प्रतियोगितामा शान्त थोकरबाट सञ्चालीत कराते स्कुल इन्टरननेसल मार्सल आर्ट एसोसीएसन न्युयोर्कका चार खेलाडी सहभागि थिए । सो स्कुलका पर्खी राइ, नेभिन लामा, रोस प्रधान र फुन्चोक ह्याल्मो सहभागि थिए । सो टोलीलले २ स्वर्ण , एक रजत र तीन काश्य पदक समेत गरी ६ पदक जितेको थाकरले जानकारी दिएका छन् ।
पर्खीले ३५ बर्ष भन्दा माथिको एडभान्स समुहको एकल कातमा स्वर्ण पदक जितेका हुन् । फुन्चोकले ११ बर्ष उमेर समुहमा नेभिस डिभिजनको ब्यक्तिगत कातामा स्वर्ण जितेका हुन् । ृनले कुमुतेमा काश्य पदक जिते । टिम कुमुतेमा फुन्चोक, नेभिन लामा र रोसन प्रधानले रजत जिते । पान अमेरिकन कराते महासंघ र बिश्व कराते महासंघबाट मान्यता प्राप्त ६० भन्दा बढी रेफ्रिले खेल सञ्चालन गरेका थिए ।

Comment