साउन्ड टेबलटेनिस हुने

नेपाल दृष्टिविहीन टेबलटेनिस संघको आयोजनामा उपत्यकाव्यापी साउन्ड टेबलटेनिस प्रतियोगिता शुक्रबारदेखि हुने भएको छ ।प्रतियोगितामा समान १५–१५ पुरुष÷महिला गरी ३० खेलाडीको सहभागिता रहने आयोजक संघका महासचिव एवं साउन्ड टेबलटेनिस प्रशिक्षक कुमार पौडेलले जनाएका छन् । एकल स्पर्धामा प्रतिस्पर्धा हुने छ । दुईदिने प्रतियोगिताका खेलहरु कीर्तिपुरस्थित ल्याबोरेटरी उमाविमा हुनेछ ।

Comment