टेबलटेनिस समर क्याम्प सम्पन्न

tt sumer campe
काठमाडौं जिल्ला खेलकुद विकास समिति र काठमाडौं जिल्ला टेबलटेनिस संघको संयुक्त आयोजनामा टेबलटेनिसको समर क्याम्प शनिबार सम्पन्न भएको छ ।लैनचौरस्थित राष्ट्रिय टेबलटेनिस प्रशिक्षण केन्द्रमा चैत २० गतेदेखि सुरु क्याम्पमा ३० जनाको सहभागिता रहेको आयोजक संघका अध्यक्ष धर्ममान वज्राचार्यले जनाएका छन् ।
सहभागीहरुलाई अखिल नेपाल टेबलटेनिस संघका अध्यक्ष चतुरानन्दराज वैद्यलगायतले एक कार्यक्रमबीच प्रमाण पत्र प्रदान गरे ।

Comment