महासंघको बक्सिङ संघ

boxinge
प्रेम प्रधानको अध्यक्षतामा नेपाल खेलकुद महासंघ (नेकोस) अन्तर्गतको राष्ट्रिय बक्सिङ संघ आइतबार गठन भएको छ । राष्ट्रिय खेलकुद परिषद्का उपाध्यक्ष समेत रहेका नेकोसका महासचिव लामा टेन्डी शेर्पा, नेपाल बक्सिङ संघका महासचिव दीपक गुरुङको उपस्थितिमा गठित संघ ११ सदस्यीय रहेको छ ।
उपाध्यक्षमा अन्जनी धिताल, महासचिवमा महेश श्रेष्ठ तथा कोषाध्यक्षमा बलराम सितौला रहेका छन् । सदस्यमा सुजिन साही, च्याङबा तामाङ, श्यामकृष्ण महर्जन, अनिता गिरी, विशन खड्का, शान्ता थापा मगर तथा सुवर्ण थापा मगर छन् ।

Comment