तेक्वान्दो साग विजेता सम्मानित

taekwondoe
अन्तर्राष्ट्रिय नेप्लिज तेक्वान्दो संघ (इन्टा) ले भारतमा भएको १२ औं दक्षिण एसियाली खेलकुद (साग) अन्तर्गत तेक्वान्दोका पदक विजेता खेलाडी, प्रशिक्षक र व्यवस्थापकलाई आइतबार नगदसहित सम्मान गरेको छ ।
वीरबहादुर महरा, सक्षम कार्की, रेजिना कार्की, यानकुमारी चौलागाईं, निमा गुरुङ, ज्ञानी चुनारा र आयशा शाक्यले रजत जितेका थिए । सुनील पौडेल, निश्चलमान श्रेष्ठ र रामहरि महतले कांस्य हात पारेका थिए ।
प्रशिक्षकमा ध्रुवबहादुर गुरुङ, संगीना वैद्य, नवीनकुमार श्रेष्ठ, दीपक विष्ट तथा गणेशबहादुर जिम्बा सम्मानित भए । सम्मानित हुने व्यवस्थापकमा नेपाल तेक्वान्दो संघका सदस्य सुमनकुमार घले रहेका छन् ।रजत विजेतालाई २० हजार, कांस्यलाई १० हजार तथा प्रशिक्षकलाई ५ हजार नगदसहित ट्रयाकसुट र सम्मान पत्र प्रदान गरियो । सहभागी खेलाडी महमद वेश, चन्द्रबहादुर राना मगर तथा प्रेमबहादुर बुढाथोकी पनि सम्मान पत्रबाट सम्मानित भए ।राष्ट्रिय खेलकुद परिषद्का सदस्य–सचिव केशवकुमार विष्ट, इन्टाका प्रतिनिधि एवं खेलाडी सम्मान समितिका संयोजक कमल क्षेत्रीले उनीहरुलाई सम्मान गरे ।

Comment