रोहीत बिबाह बन्धनमा

rohit tamange
राष्ट्रिय तेक्वान्दो खेलाडी रोहीत तामांग विवाह बन्धनमा बाधीएका छन् । सिन्धुपालचोकका २६ बर्षिय तामांगले बुधबार नुवोकोटकी २१ बर्षिय सुनीता तामांगसंगको दुइ बर्ष लामो प्रेम सम्बन्धलाई विवाहमा परिणत गरेका हुन् । बिबाह समारोहमा तामांग परिवारका साथमा तेक्वान्दो राष्ट्रिय टोलीका सदस्य, प्रशिक्षक तथा अनय तेक्वान्दोकर्मीको उपस्थिती थियो । लन्डन ओपन, कोरियामा भएको छिन्छुन ओपन र बैकंकमा भएको एसियाली राष्ट्रको ओलम्पिक छनोटमा सहभागिता जनाएका उनले नेपालमा भएको पहिलो माउन्ट एभरेस्ट अन्तराष्ट्रिय आमन्त्रण तेक्वान्दोमा रजत तथा त्यसै प्रतियोगिताको दोस्रो सस्करणमा काश्य पदक जितेका थिए ।  पाच बर्ष अघि  राष्ट्रिय टोलीमा प्रबेश गरेका रोहीत लन्डन ओपनका काश्य पदक विजेता हुन् । उनले सात पटक राष्ट्रिय स्तरको प्रतियोगितामा स्वर्ण जितेका छन् ।

 

Comment