गड्तौलाले पाए गिरिजा कोइराला फाउन्डेसनमा जिम्मेवारी
Manoj Shiama
27 December, 2025 3:21 am

गिरिजा प्रसाद कोइराला फाउन्डेसनले प्रज्वल गड्तौलालाई डेनमार्कको खेलकुद संयोजकमा चयन गरेको छ । फाउन्डेसनकी प्रमुख सुजाता कोइरालाले जिम्मेवारी प्रदान गर्दै गड्तोलाको कार्यकालमा फाउन्डेसन लक्ष्यमा अघि बढ्ने सोच बनाएकी छिन् ।
लामो समय देखि एयर डेनमार्कमा कार्यरत गड्तौलाको खेलकुदमा महत्त्वपूर्ण भूमिका रहेको गिरिजा प्रसाद कोइराला फाउन्डेसनकी खेलकुद प्रमुख तुलसी थापा मगरले जानकारी दिएकी छिन् । उनले पनि गड्तौलाको कार्यकाल महत्त्वपूर्ण र उपलब्धिमूलक हुने विश्वास व्यक्त गरेकी छिन् ।
