एम्बाप्पेको दुई गोलमा रियलको जित
Manoj Shiama
25 August, 2025 6:07 am

केलिएन एम्बाप्पेको २ गालेसँगै रियल म्याड्रिडले स्पेनिस ला लिगाको खेलमा ओभाइडियो माथि ३–० को जित हात पारेको छ । यस अघि ओसासुनासँगको खेलमा पनि गोल गरेका एम्बाप्पेले ३७ औ मिनेटमा डी बक्सको एजबाट प्रहार गर्दै पहिलो गोल गरेका थिए । उनले दोस्रो गोल ८३ औ मिनेटमा गरे ।
भिन्सियस जुनियरले इन्जुरी समयमा गोल गरे । आइतबार भएका अन्य खेलमा ओसासुननाले भ्यालेन्सियालाई १–० ले हरायो भने रियल सोसिडाड र इस्पानियोलको बिचमा २–२ गोलको बराबरी भयो । भिल्लारियलले गिरोनासँगको खेलमा ५–०को सफलता पायो ।