म्यानचेस्टर माथि आर्सनलको जित
Manoj Shiama
18 August, 2025 7:42 am

टर्कीका अन्तर्राष्ट्रिय गोलरक्षक आल्टी बायन्डिर चुके पछि आर्सनलले यस सिजनको इङ्लिस प्रिमियरसिपको पहिलो खेलमा म्यानचेस्टर युनाइटेडलाई १–० ले हराएको छ । खेलको १३ औ मिनेटमा डेकलन राइसको कर्नरलाई बायन्डिरले नियन्त्रणमा लिन नसके पछि नसके पछि कालाफियारीले आर्सनलका लागि गोल गरेका थिए ।
आइतबार भएका अन्य खेलमा नटिङघम फरेस्टले ब्रेन्टफोर्डलाई ३–१ले हरायो भने क्रिस्टल प्यालेस र चेल्सीको बिचमा गोल रहित बराबरी भयो ।