स्पेनिस ला लिगमा बार्सिलोनाको विजयी सुरुवात

Manoj Shiama
17 August, 2025 5:57 am

स्पेनिस ला लिगमा बार्सिलोनाले विजयी सुरुवात गरेको छ । मार्कस रासफोर्डले डेब्यु गरेको खेलमा बार्सिलोनाले ९ खेलाडीमा सीमित रियल मालोर्कालाई ३–०ले हराएको हो । खेलको सातौँ मिनेटमा लामिन यामलको क्रसमा गोल गर्दै राफिन्हाले बािर्सलोनालाई अग्रता दिलाएका थिए । 

२३ औ मिनेटमा यामलको सटले लागेर मार्लोकाका कप्तान डी बक्समा ढली रहेको समयमा फेरान टोरेसले बार्सिलोनाका लागि दोस्रो गोल गरेका थिए । सोही क्रममा विवाद भए पछि पहेँलो कार्ड देखाइएका मान मोरालनेसलाई दोस्रो हाफमा रातो कार्ड देखिइएको थियो । बार्सिलोनाका लागि पहिलो खेल खेली रहेका हुवा गार्सियालाई बुट प्रहर गरेकामा कभेडाट मक्र्युले पनि रातो कार्ड पाए  । इन्जुरी समयमा यामलले बार्सिलोनाका लागि अन्तिम गोल गरे  ।

रासफोर्ड सन् १९८९ पछि बार्सिलोनाका लागि प्रतियोगितात्मक खेलमा पहिलो रोजाइमा अटाउने पहिलो इङ्लिस खेलाडी समेत भए ।