भोटे मेन्टेनलाई फुटसल उपाधि 

Manoj Shiama
20 July, 2025 10:18 pm

इन्टरनेशनल इभेन्टस् नेपालले आयोजना गरेको इन्टरनेशनल खुल्ला फुटसल प्रतियोगिता बुढानीलकण्ठ स्थित देवी स्पोर्टस क्लबमा भव्य रूपमा सम्पन्न भएको छ । 

सो प्रतियोगितामा भोटे मेन्टेन फुटसल क्लबले  उत्कृष्ट प्रदर्शन गर्दै पहिलो स्थान पाएको छ । विजयी क्लबले पुरस्कार स्वरूप  एक लाख रुपैयाँ पायो । फाइनलमा हिमालयन फुटसल क्लबलाई  पराजित गर्दै भोटे मेन्टेनले पहिलो स्थान हात पारेको हो । उपविजेता हिमालयन फुटसल क्लबले ५० हजार रुपैयाँ पुरस्कार पायो । विजयी टोली तथा खेलाडीलाई प्रमुख अतिथि बुढानीलकण्ठ नगरपालिकाका नगरप्रमुख श्री मितराम अधिकारीले प्रदान गरे । 

प्रतियोगितामा उत्कृष्ट खेलाडीको उपाधि भोटे मेन्टेन फुटसल क्लबका खेलाडी सञ्जय लामा घोषित भए । हिमालयन फुटसल क्लबका दीपेश श्रेष्ठ उत्कृष्ट गोलरक्षक घोषित भए । त्यस्तै, विप्लेका टिमका सुरज मगर ले सर्वाधिक गोलकर्ताको उपाधि हात पार्न सफल भए । उनीहरूलाई पाँच हजार रुपैयाँ पुरस्कार प्रदान गरियो । सो कार्यक्रममा राष्ट्रिय महिला फुटबल टोलीकी सदस्य हिरा भुजेल र अनिता बस्नेत विशेष अतिथिका रूपमा उपस्थित रहेको थियो । 

प्रतियोगिता सफलतापूर्वक सम्पन्न भएकोमा आयोजक टोलीका अन्तर्राष्ट्रिय कार्यकारी निर्देशक नवीन प्रधानले सबै सहभागी, दर्शक, प्रायोजक र स्वयंसेवकलाई आभार प्रकट गर्दै आगामी दिनमा अझ ठुलो, समावेशी र अन्तर्राष्ट्रिय स्तरको प्रतियोगिता आयोजना गर्ने बताए । कार्यक्रमलाई मुख्य प्रायोजन आइसियस माइग्रेसन कन्सल्टेन्सीले गरेको थियो । अन्य प्रायोजकमा एक्सट्रिम इनर्जी ड्रिङ्स,व्रिटानीया बिस्कुट,टेलीटाइम्स घडीस्वरुम, केटीयम फ्रोजन र लाभा हार्डवयरले रहेको नेपालका लागि कार्यक्रम व्यवस्थापक तथा संस्थाका प्रबन्ध निर्देशक श्रवण कुमार कुवरले जानकारी दिए ।