५ पेनाल्टी प्रहार खेर गए पछि इङ्गल्यान्डसँग स्विडेनको हार

Manoj Shiama
18 July, 2025 8:15 am

स्विडेनलाई पेनाल्टी सुट आउटमा ३–२ ले हराउँदै इङ्गल्यान्ड महिला युरो कपको सेमिफाइनलमा प्रवेश गरेको छ । सेमिफाइनलमा इङ्गल्यान्डले इटालीको सामना गर्ने छ । समग्रमा ९ पेनाल्टी खेर फालिएको खेलमा इङ्गल्यान्डका लागि लुकी ब्रोन्जले विजयी पेनाल्टी प्रहार गरेकी थिइन्  । ब्रोन्जको प्रहार लगत्तै स्विडेनकी स्मिला होल्मबर्गको प्रहार गोल पोस्ट भन्दा माथि बाट बाहिरिएको थियो । 

यस अघि निर्धारित ९० मिनेटको खेलमा २–२ गोलको बराबरी भएको थियो । सो खेलमा स्विडेनले २–०को अग्रता लिए पनि जोगाउन नसेकेको हो । 

स्विडेनले ७ पेनाल्टीमा दुईमा मात्र सफल प्रहार गरेको हो । जुरिचमा भएको खेलमा खेल सकिन ११ मिनेट बाँकी रहँदा स्विडेन २–० ले अघि थियो । कप्तान कोसालाने अस्लानी तथा आर्सनलका फरवार्ड स्टिना ब्ल्याक स्टेनसको गोलमा स्विडेनले अग्रता लिएको हो । 

खेल सकिन ११ मिनेट बाँकी रहँदा इङ्गल्यान्डका ब्रोन्जले कोली केलिको क्रसमा हेड गोल गरिन् भने टिनएजर वैकल्पिक खेलाडी मिकेल अगाययामले पेनाल्टी मार्फत गोल गरिन् ।