५ मध्यका ४ प्रत्याशीको साथ पाएको सुजनले गरे अध्यक्षको जिम्मेवारी माग

अध्यक्षका चार प्रत्याशी सहमतिको नजिक पुगे बहालवाला अध्यक्ष दीपा काफ्लेका कारण पोर्चुगल एनआरएनए एनसिसी विवाद समाधान हुन नसकेको अध्यक्षमा प्रत्याशी सुजन लामा मोक्तानले आरोप लगाएका छन् ।
६ जुलाईमा पोर्चुगलमा निर्वाचनको मिति तय भएको थियो । सो दिन अध्यक्ष पदमा ५ जनाले दाबी गरेका थिए । काफ्लेले चार जना आफ्ना प्रतिस्पर्धाको बिचमा सहमति भए छाड्न तयार रहेको बताए पछि अन्य तीन जनाले सुजनको नाममा सहमति कायम गर्न तयार भएको भन्दै हस्ताक्षर गरेका थिए ।

यस पछि काफ्ले पहिले भने झैँ सुजनलाई अध्यक्ष त्याग्न पनि नचाहेको तथा निर्वाचन पनि नचाहेको आरोप सुजनको छ । अध्यक्षका प्रत्याशी दीपेश विष्ट, जया बहादुर केसी र रेखा रेग्मीले सुजनको नाममा सहमति कायम गरेका थिए ।
सुजनले यसको विरुद्धमा गैर आवासीय नेपाली सङ्घ, राष्ट्रिय समन्वय परिषद् पोर्चुगलको १० औ एकता महाधिवेशनमा निवेदन दिई सकेका छन् ।