राजु र कल्पनालाई स्वर्ण पदक
Manoj Shiama
2 December, 2021 6:33 am
विश्व चोङमुकवान हेडक्वार्टर कोरियामा यही नोभेम्बर ६ र ७ मा भएको इपुम्से अनलाइन तेक्वान्दो च्याम्पियनसिपमा नेपालका राजु नगरकोटी र कल्पना थापा काकीले स्वर्ण पदक जितेका छन् । राजुले पुरुष ५० वर्ष माथिको उमेर समूह तथा कल्पनाले ४० वर्ष माथिको उमेर समूहमा स्वर्ण पदक जितेका हुन् ।तेक्वान्दोमा समर्पित राज लामो समय मकाउ बसाइ पछि यसै वर्ष अमेरिका पुगेका हुन् । यस अघि लस भेगासमा भएको युएस ओपनमा दुई पटक सहभागी भई सकेका उनले बेलायतमा भएको प्रतियोगितामा पनि स्वर्ण पदक जितेका थिए । क्यानडामा भएको प्रतियोगितामा पनि सफलता पाएका उनले मकाउमा पनि थुप्रै सफलता पाएका थिए ।
नुवाकोटका राजु नेपाली तेक्वान्दोमा रहेका इमानदार र असल व्यक्तिकै रूपमा परिचित छन् । सहयोगी भावना भएका उनी त्यत्तिकै मिलनसार पनि हुन् । हाल अमेरिकामा उनी पूर्णकालीन तेक्वान्दोकर्मीको रूपमा सक्रिय छन् ।
यसै गरी कल्पना कार्की पनि तेक्वान्दो प्रशिक्षण केन्द्र चलाएर बसेकी छिन् । नेपाली तेक्वान्दोमा अहिले पनि कल्पनाको भूमिका रहेको छ ।