दशौं जेसीबी इन्द्रेणी एकीकृत खुल्ला सेभेन–ए–साइड फुटबलमा चार टीम क्वाटरफाइनलमा

Manoj Shiama
24 February, 2015 10:44 pm

पोखरा
इन्द्रेणी एकीकृत विकास केन्द्र बगर टुँडिखेलको आयोजनामा टुँडिखेल मैदान पोखरामा जारी दशौं जेसीबी इन्द्रेणी एकीकृत खुल्ला सेभेन–ए–साइड फुटबल प्रतियोगिता–२०७१ अन्तर्गत हिमालयन युवा क्लब, विष्णुपादुका क्लब, पाटन युनाइटेड र गौरघाट एफसी क्वाटरफाइनलमा प्रवेश गरेका छन्।
मड्डलबार भएको पहिलो खेलमा पोखरा भ्याली स्पोर्टस् क्लबले विटी एलाई ३–० ले हरायो। पोखरा भ्यालीको जीतमा राजु गुरुङ, कुमार गुरुङ र भूपाल गुरुङले एक–एक गोल गरेका थिए। दोस्रो खेलमा विष्णुपादुका क्लबले एवाईसी रत्नचोकलाई २–१ ले पराजित ग¥यो। विष्णुपादुकाको लागि दुवै गोल सुरज थापाले गरेका थिए भने एवाईसीको लाग मात्र एक गोल दीपक पौडेलले गरेका थिए।
तेस्रो खेलमा हिमालयन युवा क्लबले काजीपोखरी युथ क्लबलाई २–० ले पाखा लगायो।हिमालयनको जीतमा अविनाश थकाली र दिवस अधिकारीले एक–एक गोल गरे। चौथो खेलमा पाटन युनाइटेडले मेरो नेपाल युवा क्लबलाई टाइब्रेकरमा २–० ले हरायो। निर्धारित समय एक–एक गोलको बराबरीमा सकिएपछि खेल टाइब्रेकरमा पुगेको थियो। टाइब्रेकरमा पाटनका लागि सन्तोष गुरुङ र कुमार केसीले गोल गरेका थिए।पाँचौं खेलमा गौरीघाट एफसीले ढिकुरपोखरीलाई १–० ले पराजित ग¥यो। गौरीघाटको जीतमा अनिल गुरुङले निर्णायक गोल गरेको इन्द्रेणी एकीकृत विकास केन्द्रका अध्यक्ष भानुभक्त अधिकारीले जानकारी दिए।
फागुन १६ गतेसम्म सञ्चालन हुने सो प्रतियोगितामा विजेता टीमलाई एक लाख एक हजार १० तथा उपविजेता टीमलाई नगद ५१ हजार १० रुपैयाँ, शिल्ड, मेडल र प्रमाणपत्र प्रदान गरिने छ। यस्तै अनुशासित टीम, बेस्ट प्लयेर, बेस्ट गोलकिपर, बेस्ट डिफेण्डर, बेस्ट मिडफिल्डर, बेस्ट फरवार्ड र हाइस्कोररलाई जनही पाँच हजार १० रुपैयाँ प्रदान गरिने छ।
बचत रकममध्ये ५० प्रतिशत रकम गाईघाटमा रहेको केन्द्रको ३५ रोपनी जग्गामा इन्द्रेणी ज्येष्ठ नागरिक गृह बनाउने काममा लगानी गर्ने, २५ प्रतिशत रकम खेलकुद क्षेत्रमा लगाउने र २५ प्रतिशत रकम कार्यालय सञ्चालन गर्न खर्च गरिने छ।