तेक्वान्दो इन्डोनेसियामा नेपाललाई स्वर्ण
Manoj Shiama
28 November, 2016 10:08 am
इन्डोनेसियाको जकारता टिमुरमा सन् २०१६ नोभेम्बर २६ देखि २७ सम्म सञ्चालन भएको छैटौ तेक्वान्दो इन्डोनेसिया डेल्टा कप २०१६ मा राष्ट्रिय तेक्वान्दो संघ–नेपालको टिमले १ स्वर्ण २ रजत पदक जित्न सफल भयो । क्योरुगी तर्फ खेलाडी कृष्ण थापा (६८–७४ के.जी) ले फाइनलमा इन्डोनेसियन खेलाडी फेरीसन सिस्वान्तोलाई पराजित गरी स्वर्ण पदक हात पार्न सफल भए र कालो पेटी पुम्से तर्फ फाइनलमा कोरियन खेलाडी लि जोङ हङसँग पराजित भई रजत पदक हात पारे । त्यसैगरी क्योरुगी तर्फ समिर थापा (३३–३७ के.जी.) ले फाइनलमा आयोजक टिमका खेलाडी एम. पाइलोसि अरदान्त फिरदाउस सँग पराजित भई रजत पदकमा चित्त बुझाए ।उक्त प्रतियोगितामा इन्डोनेसिया, नेपाल, कोरिया, मलेसिया लगायत विभिन्न १३ राष्ट्र र विभिन्न क्लब र युनिभर्सिटी टिमहरु गरी १७०० खेलाडीहरुको सहभागिता रह्को थियो ।टोलीको नेतृत्व संघका महासचिव राज कुमार कार्कीले र टिम कोच तथा व्यवस्थापकको जिम्मेवारी सोविन राज रेग्मीले गरेका थिए ।