भारतीय भुमिमै उपाधि जित्ने चाहना

sunday sag newse
१२ औ दक्षिण एसियाली खेलकुदमा नेपालले आशा गरिएका खेलबाट निरासा प्राप्त भइरहेको समयमा फुटबलका दुवै स्पर्धामा नेपालले सोमबार भारतको सामना गर्दै छ । हालसम्मको प्रदर्शनलाई आधार मान्दा पुरुष फुटबलमा नेपाल बलियो मानीएको छ भने महिलामा पनि नेपालको सम्भावना देखिएको छ । सन् १९९३ मा नेपालले फुटबलको स्वर्ण पदक जित्दा टोलीका कप्तान रहेका राजु काजी शाक्यकै प्रशिक्षणमा नेपाली टोली रहेको छ ।
प्रशिक्षक शाक्यले भारत सधैजसो दक्षिण एसीयाली क्षेत्रमा बलियो भएको स्वीकार गर्दै आफू भारतीय भुमिमै उपाधि जित्न लालयीत भएको बताएका छन् । उनले आफ्ना टोलीका हरेक खेलाडी मिहनेती भएको र यसको परिणाम विगत केही महिनामा देखिएको बताए ।उनले माल्दीभ्ससंगको सेमिफाइनल खेल १० खेलाडीमा सिमीत हुनका बाबजुद विजयी हुनुको कारण खेलाडीको मिहेनत नै भएको बताए ।
टोलीका कप्तान विराज मर्हजनले आफ्नो टोलीले यस खेललाई बिश्वकप फुटबलकै रुपमा लिएको बताए । उनले आफने टोलीमा जुझारु चरित्र भएको बताउदै माल्दीभ्ससंगका खेलमा पछिल्लो तीन मिनेटमा दुइ गोल गर्नु यसैको उदाहरण भएको बताउछन् । उनले आफ्ना टोलीका केही खेलाडीको चोटका बाबजुद आशाबादी रहेको बताए । १७ बर्ष पछि फुटबलको फाइनल खेलिरहेको नेपाल रक्षक कमल श्रेष्ठ विना मैदानमा उत्रदै छ ।

Comment