नेपाली खेलाडी जितका लागि आतुर

footballe
नेपालले साग फुटबल अन्तरगतको सेमिफाइनलमा माल्दीभ्सको सामना गर्दै छ । नेपाल र माल्दीभ्स विच यस अघि बंगबन्ध गोल्डकपको सेमिफाइनलमा पनि भेट भएको थियो । सो खेलमा नवयुग श्रेष्ठको ह्याट्रिकमा नेपाल ४–१ ले विजयी भएको थियो ।
प्रतियोगिताको पहिलो खेलमा भुटानलाई ५–० को फराकिलो अन्तरले हराएको नेपाल दोस्रो खेलमा बंगलदोशसंग २–१ ले पराजित भएको थियो । नेहरु रंगशालामा स्थानीय समय अनुसार साझ ७ बजेर १५ मिनेट जादा सुरु हुने यसै सेमिफाइनल खेललाई नेपाली प्रशिक्षक राजु काजी शाक्यले फाइनल झै भएको संज्ञा दिएका छन् ।
“ बंगबन्धु कपको खेलबाट हामीले आत्मबिश्वास बटुलेका छौ । भुटानसंग पनि हामीले कुनै गोल गर्न नदिइ पाच गोल ग¥यौ । तर, बंगलादेशसंग हामी राम्रो खेलेर पनि हा¥यौ । यो फुटबल हो यहाँ जे पनि हुन सक्छ । ”शाक्यले भने ।
उनले केही खेलाडी घाइते भएका कारण सेमिफाइनलमा कुनै जोखीम उठाउन नचाहेर बंगलादेशसंग आराम दिएको बताए । उनले यो प्रतियोगिता र यहाँ पाउने सफलताले नेपाली फुटबललाई नयाँ दिसा दिन सक्ने बताए । उनले आफू टोलीका लागि नयाँ भएको स्वीकार गर्दै बंगलादेशसंग गरेको गल्ती र अन्य कमजोरी हटाउन केन्द्रित रहेको बताए । उनले आफ्ना टोलीका खेलाडी राम्रो नतीजाका लागि आतुर भएका कारण राम्रो खेल्ने बिश्वास ब्यक्त गरे ।
नेपालले यस अघि सन् १९८४ मा काठमाडौमा पहिलो सस्करण र सन् १९९३ मा ढाकामा छैटौ सस्करणमा स्वर्ण पदक जित्दा दुवै पटक शाक्य खेलाडी थिए ।

Comment