राम्रो प्रदर्शनमा ओलीको बिश्वास

bhim oli2
१२ औ दक्षिण एसियाली खेलकुद अन्तरगत भारोत्तोलनका स्पर्धा शनीबार सुरु भयो । मध्यमश्चिम क्षेत्रीय खेलकुद विकास समितीका अध्यक्ष भिम ओली उत्साहका साथ भारोत्तलन र सुटींगका स्पर्धाका प्रतिक्षा गरेर बसेका छन् । यी दुवै खेलमा पदक आशा रहेको ओली बताउछन् । सुटींगमा नियमित पदक प्राप्त गरेको खेलको कारण उनी आशाबादी भएका छन् । साथमा नेपालगञ्जमा भएको बन्द प्रशिक्षण राम्रो भएका कारण ओलीको उत्साह थपीएको हो । भारत बसाइको क्रममा यहाँको वातावरण बुझ्न र नेपालमा आफ्नो क्षेत्रमा योजना बनाउन सहज हुने आशा उनले राखेका छन् ।
सुटीगका कृष्ण थापा र भारोत्तलनका प्रकास केसी प्रति उनी आशाबादी रहेका छन । नेपाल भलीबल संघका सदस्य समेत रहेका ओली सुरुवाती हारका बाबजुद भलीबल खेलाडीले उच्च मनोबलका साथ बाकी खेलमा प्र्रतिस्पर्धा गर्ने कुरामा बिश्वास ब्यक्त गर्छन् । साथै सिलोंगमा विजयी सुरुवात गर्ने महिला फुटबल टोलीलाई पनि उनले बधाइ तथा विजयको निरन्तरताका लागि शुभकामना दिएका छन् ।

Comment