प्रकाश दाहाल स्मृति भलिबल वैशाख अन्त्यमा

प्रज्ञा प्रतिष्ठानको आयोजनामा आगामी २२ देखि २८ वैशाखसम्म प्रकाश दाहाल स्मृति बाग्मती प्रदेश प्रदेश स्तरीय अन्तरपालिका भलिबल प्रतियोगिता आयोजना हुने भएको छ । ललितपुर, महाकालस्थित गोटीखेलमा आयोजना हुने सो प्रतियोगिता सञ्चालनका लागि डोल्मामाया गोले संयोजक तथा कवि मालकारलाई उप संयोजक चयन गरिएको छ । प्रतियोगितामा ललितपुर जिल्ला खेलकुद विकास समिति सह प्रायोजक रहेको छ । 

प्रतियोगितामा सम्पूर्ण खेलाडी तथा अफिसियलहरुलाई बसोबासको व्यवस्था आयोजकले गर्ने जनाइएको छ । 

Comment