नेपाल शिर्ष स्थानमा उक्लीयो

cricket photo

नेपालले आइसीसी र्वल्ड क्रिकेट लिग डिभिजन थ्रीमा  विजय अभियानलाई निरन्तरता दिएको छ । मंगलबार अमेरिकासंगको खेलमा १० रनको जित हात पारे पछि नेपाल अंक तालीकाको शिर्ष स्थानमा उक्लेको छ । २२४ रनको लक्ष्य पछ्याएको नेपालले २२ ओभरमा एक विकेटको क्षतीमा ७३ रन जोडे पछि बर्षाले खेल सम्भब भएको थिएन । टोलीको योगफल एक रन हुदा शुन्य रनमा नरेस बुढा ऐरलाई एक रनमा गुमायो । सुुुबास खकुरेलले ४९ तथा ज्ञानेन्द्र मल्लले २२ रन जोडे पछि नेपाल जित तर्फ उन्मुख भएको हो ।
डर्क वर्थ लुइसको आधारमा जित हात पारेको नेपालले युगान्डालाई रनरेटमा पछि पार्दै शिर्ष स्थानमा उक्लेको हो । किनारा ओभल क्रिकेट मैदानमा भएको टस जितेर पहिले ब्याटिंग गरेको अमेरिकाले नौ विकेटको क्षतीमा २२३ रनको योगफल खडा गरेको थियो ।
एक दिन अघि अमेरिकासंग पराजयको सम्भावना बढी देखिएको खेलमा बर्षाले खेल अबरुद्ध भए पछि एक दिन पछि खेल सारिएको हो ।

Comment