एकीकृत खुल्ला सेभेन–ए–साइड फुटबलमा पहिलो चरणका खेल सम्पन्न

पोखरा
इन्द्रेणी एकीकृत विकास केन्द्र बगर टुँडिखेलको आयोजनामा टुँडिखेल मैदान पोखरामा जारी दशौं जेसीबी इन्द्रेणी एकीकृत खुल्ला सेभेन–ए–साइड फुटबल प्रतियोगिता–२०७१ अन्तर्गत सोमबारदेखि पहिलो चरणका खेल सम्पन्न भएका छन्।
पहिलो खेलमा विष्णुपादुका क्लब हेमजाले बुद्धटोल परिवार सी लाई ३–० ले हरायो। विष्णुपादुकाको जीतमा सुविन श्रेष्ठले दुई तथा सुरज थापाले एक गोल गरे। दोस्रोखेलमा पाटन युनाइटेडले एकताएफसीलाई २–१ ले पाखा लगायो। पाटनको जीतमा नरेश केसी र सजेद गुरुङले एक–एक गोल गरे भने एकताको लागि मात्र एक गोल विजय श्रेष्ठले गरे।
राकेश गुरुङको दुई गोलको मद्दतमा तेस्रो खेलमा संगम एफसीले कल्पेश्वर एफसी फेदीलाई २–० ले पराजित ग¥यो। चौथो खेलमा एसवाईसी बी–१३ बाझापाटनले स्वस्तिक नेपाललाई ४–१ ले हरायो। बी–१३ को तर्फबाट हुम गुरुङले दुई तथा त्रिदेव गुरुङ र सुशील गुरुङले एक–एक गोल गरे। स्वस्तिक नेपालको लागि सब्बु रानामगरले सान्त्वना गोल गरेका थिए।
पाँचौं खेलमा एलजी एशोसिएसनले एनवाईसी रत्नचोक बी लाई ५–० को फराकिलो अन्तरले पराजित ग¥यो। एलजीको जीतमा विजय गुरुङले एक्लै चार गोल गरे भने अर्को एक गोल सिद्धार्थ गुरुङले गरेकाा थिए।
मड्डलबारदेखि दोस्रो चरणका खेल हुनेछन्। जसअनुसार विटी ए र पोखरा भ्याली स्पोर्टस् क्लब, एवाईसी एयरपोर्ट र विष्णुपादुका क्लब, काजीपोखरी युथ क्लब र हिमालयन युवा क्लब, पाटन युनाइटेड र मेरो नेपाल युवा क्लब था ढिकुरपोखरी र गौरीघाट एफसीबीच खेल हुने इन्द्रेणी एकीकृत विकास केन्द्रका अध्यक्ष भानुभक्त अधिकारीले जानकारी दिए।
फागुन १६ गतेसम्म सञ्चालन हुने सो प्रतियोगितामा विजेता टीमलाई एक लाख एक हजार १० तथा उपविजेता टीमलाई नगद ५१ हजार १० रुपैयाँ, शिल्ड, मेडल र प्रमाणपत्र प्रदान गरिने छ। यस्तै अनुशासित टीम, बेस्ट प्लयेर, बेस्ट गोलकिपर, बेस्ट डिफेण्डर, बेस्ट मिडफिल्डर, बेस्ट फरवार्ड र हाइस्कोररलाई जनही पाँच हजार १० रुपैयाँ प्रदान गरिने छ।
बचत रकममध्ये ५० प्रतिशत रकम गाईघाटमा रहेको केन्द्रको ३५ रोपनी जग्गामा इन्द्रेणी ज्येष्ठ नागरिक गृह बनाउने काममा लगानी गर्ने, २५ प्रतिशत रकम खेलकुद क्षेत्रमा लगाउने र २५ प्रतिशत रकम कार्यालय सञ्चालन गर्न खर्च गरिने छ।

Comment