हातेमालो चेस शनिवार

दोस्रो हातेमालो अनलाइन ब्लीट्ज चेस प्रतियोगिता शनिवार हुने भएको छ । प्रतियोगिताको आर्थिक भार, वीरेन्द्र सिंह, चार्ली क्षेत्री र हातेमालो टिमले बहन गरेको जनाइएको छ । प्रतियोगिताको सहभागिता दस्तुर १ सय रुपैयाँ राखिएको छ । सोही दिन सहभागिता जनाउनेले १ सय २५ रुपैयाँ तिरेर पनि सहभागिता जनाउन सक्ने छन् ।
प्रतियोगिताको विजेताले २ हजार, उप विजयी खेलाडीले १ हजार ५ सय तथा तेस्रो स्थान पाउने खेलाडीले १ हजार पाउने छन् । प्रतियोगितामा सहयोग गरिरहेका चार्ली दोलखाका उत्साही चेस प्रेमी हुन् ।
प्रतियोगिता सञ्चालनमा सक्रिय हातेमालो टिमका आशिष फुयाँलले अहिलेको विषम परिस्थितिमा पनि यस खेललाई सक्रिय बनाउन सहयोग गर्ने विश्वास रहेको बताए ।
Comment