एसियाओसियाना बक्सिङ क्वालिफाईङ्गमा नेपालको विजयी सुरुवात

ओलम्पिक २०२० एसियाओसियाना बक्सिङ क्वालिफाईङ्ग ईभेन्टमा नेपालका मुक्केवाज सनिल शाही ६३ के.जी. तौल समूहमा किर्गिस्तानका मुक्केवाज काट्रेवेक उलु अर्जेनलाई ४–१ को अन्तरले पराजित गर्दै स्पिलिट डिसिजनको आधारमा विजयी भए ।

जोर्डनको अमान सहरमा भइरहेको खेलमा सनिलले पहिलो राउन्ड २–३ को आधारमा हार व्यहोरे पनि ५–० अङ्कले दोस्रो राउन्डलाई आफ्नो पक्षमा पार्न सफल उनले तेस्रो राउन्ड पनि आफ्नो पक्षमा पारी किर्गिस्तानका नम्बर १ खेलाडीलाई पराजित गरे ।

सनिलको अर्को भिडन्त एसियाका शीर्ष बरीयताका मुक्केवाज ताजाकिस्तानका उन्मखोदा बखुदरसंग मार्च ५ मा हुनेछ ।
त्यस्तै ओलम्पिक क्वालिफाईङ्गमा सहभागी नेपालकी अर्को खेलाडी मिनु गुरुङले ४ मार्चमा कोरियाली खेलाडी इम एइसंग ५७ के.जी. तौल समूहमा आफ्नो पहिलो खेल खेल्ने छिन् ।

Comment