मलेसियामा नेपाली गोजुरियोको अभूतपूर्व सफलता

मलेसियामा सम्पन्न विश्व गोजुरियो कराँते च्याम्पियनसिपमा नेपालको प्रदर्शन उत्कृष्ट रहेको छ । कमल ओलीले रजत पदक जितेको सो प्रतियोगितामा सन्देश थारुले १३ र १४ वर्ष उमेर समूहको ४४ केजीमा स्वर्ण पदक जिते । यसै गरी,निरजरा कुलुङले ९ र १० वर्ष उमेर समूहको ३७ किलो तौल समूहमा रजत पदक जिते ।
टोली नेता नेपाल गोजुरियो कराँते महासङ्घका अध्यक्ष तथा एसियाली गोजुरियो कराँते महासङ्घका महासचिव विआर मित्रले जनाए अनुसार नेपालका पेम्बा तामाङ,सिपी घर्ती, सानुबाबु गीरी,प्रकाश चन्द,दीपक लामा,राम कुमार श्रेष्ठ,सानुकाजी नगरकोटी र वीरेन्द्र बहादुर शाहीले रेफ्रिको परीक्षामा सफलता पाए ।

यसै गरी,पुष्प कुमार क्षेत्री,राजन मान श्रेष्ठ र राजु पौडेलले पनि रेफ्रिको परीक्षामा सफलता पाएका छन् ।

Comment