ओखलढु¨ामा राष्ट्रिय खुला पुरुष भलिबल

 

द युथ पावर नेपालको आयोजनामा ओखलढु¨ामा दोश्रो खुला राष्ट्रिय पुरुष भलिबल हुने भएको छ । पर्यटन,शिक्षा र सामाजिक बिकासका लागि खेलकुद भन्ने नाराका साथ लिखु गाउपालीका स्थित गाम्ना¨टारमा बैशाख ६ देखि ८ गते सम्म संचालन हुने प्रतियोगितामा १२ टिमको सहभागिता रहने प्रतियोगिता संयोजक युवराज थापाले जानकारी गराएका छन् । प्रतियोगितामा हाल सम्म पश्चिमाञ्चल,नमूना दिप,हिमगंगा,खिजिदेम्बा,जनजाग्रित युवा क्लब,रानीवन युवा क्लब र रमाईलो बस्तीको सहभागिता निश्चित भएको संयोजक थापाले जानकारी गराए । लिगकम नकाउटका आधारमा संञ्चालन हुने प्रतियोगिताको बिजेता टिमले १ लाख ५५ हजार ५ सय ५५ रुपयाँ प्राप्त गर्ने छ । दोश्रो हुनेले ७७ हजार ७ सय ७७ तथा तेश्रोले ४४ हजार ४ सय ४४ नगद प्राप्त गर्ने छन् । प्रतियोगिताको उत्कृष्ट खेलाडीले ५ हजार ५ सय ५५ रुपयाँ नगद प्राप्त गर्ने छन् । बिधागत उत्कृष्टले पनि जनही १५ सय नगद पुरस्कार प्राप्त गर्ने आयोजकले जनाएको छ ।

Comment