मेलम्ची र दुवाचौर फाइनलमा

मेलम्ची नगर क्लब र दुवाचौर सामुदायिक क्लब प्रथम जिल्लाव्यापी खुल्ला मेयर कप पुरुष भलिबल प्रतियोगितामा शनिबार फाइनलमा प्रवेश गरेका छन् । आयोजक कमिटीका संयोजक सानुबाबु गीरीले दिएको जानकारी अनुसार पहिलो सेमिफाइनलमा मेलम्ची नगर क्लबले मेलम्ची नगरपालिका ८ लाई २५–१६, २५–२३ र २५–२१ को सोझो सेटमा पराजित ग¥यो । अर्को सेमिफाइनलमा दुवाचौरले मेलम्ची नगरपालिका १ लाई २१–२५, २५–२०, २५–२२ र २५–११ को सेटमा हरायो ।
फाइनल आइतबार हुनेछ । विजेताले १ लाख, उपविजेताले ७५ हजार र तेश्रो हुनेले ५० हजार नगद पुरस्कार पाउने छन् ।

Comment