मेलम्ची विजयी

मेलम्ची नगरपालिका १ ले प्रथम जिल्लाव्यापी खुल्ला मेयर कप पुरुष भलिबल प्रतियोगितामा शुक्रबार जित हात पारेको छ । मेलम्चीले नमुना युथ एक्टिभ ग्रुपलाई २५–२२ र २५–२१ को सोझो सेटमा पराजित ग¥यो ।
मेलम्चीमा भएको प्रतियोगिताको अन्य खेलमा जुगलले जागरण युवा क्लबलाई २७–२५ र २५–९, सिसिरे युवा क्लबले मेलम्ची नपा ११ लाई २५–१३ र २५–१३, कटुन्जे युवा क्लबले दोर्जे लाक्पा हिमाली क्लबलाई २६–२४ र २५–२०, मेल्मची नपा ५ ले सिसिरेलाई २५–१९ र २५–१६, मेलम्ची नपा १ ले ढुकुटी युवा क्लबलाई २१–२५, २५–१७ र २५–१५ तथा मेलम्ची नपा ८ ले जागरणलाई २५–१७ र २५–१८ को सेटमा हराए ।
प्रतियोगिताको मेलम्ची नगरपालिकाका मेयर डम्बर अर्यालले एक कार्यक्रमबीच उद्घाटन गरेका थिए । प्रतियोगितामा १३ टोलीको सहभागिता रहेको आयोजक मेलम्ची नगर युवा क्लबका अध्यक्ष एवं कार्यक्रम संयोजक सानुबाबु गिरीले जनाएका छन् ।
शीर्ष तीन स्थान हात पार्ने टोलीले क्रमशः १ लाख, ७५ हजार र ५० हजार नगद पुरस्कार पाउने छन् । फाइनल आइतबार हुनेछ ।
Comment