खुुल्ला महिला भलिबल प्रतियोगिता हुदै


सशस्त्र प्रहरी बल नेपाल केन्द्रिय खेलकुद समितिको आयोजनामा २७ फागुन देखि ‘सशस्त्र प्रहरी महानिरीक्षक पाँचौं राष्ट्रिय खुुल्ला महिला भलिबल प्रतियोगिता–२०७४’संचालन हुने भएको छ । सो समितिका अध्यक्ष सशस्त्र प्रहरी अतिरिक्त महानिरीक्षक शैलेन्द्र खनालले सोमबार आयोजित पत्रकार सम्मेलनमा प्रतियोगिताबारे जानकारी गराए ।
यसैगरी ४ लाख ५५ हजार रुपैयाँ कूल पुरस्कार राशी रहेको राष्ट्रिय खुुल्ला महिला भलिबल प्रतियोगितामा प्रथम हुने टिमले दुई लाख ५० हजार तथा दोस्रो हुने टिमले एक लाख २५ हजार र तेस्रो स्थान हासिल गर्ने टिमले ५० हजार रुपैयाँ प्राप्त गर्ने छन् भने विभिन्न विधामा उत्कृष्ट हुने खेलाडीहरु प्रत्येकलाई ५ हजार रुपैयाँ तथा प्रतियोगिताको सर्वोत्कृष्ट खेलाडीलाई आकर्षक पुरस्कारको व्यवस्था गरिएको कुरा सशस्त्र प्रहरी अतिरिक्त महानिरीक्षक खनालले जानकारी गराए ।

Comment