प्रहरी र आर्मी फाइनलमा

नेपाल प्रहरी क्लब र नेपाल आर्मी क्लब राखेप च्याम्पियनसिपअन्तर्गत २८ औं पुरुष राष्ट्रिय फुटबल प्रतियोगितामा बिहीबार फाइनलमा प्रवेश गरेका छन् । सेमिफाइनलमा समान २–१ को नजितमा विजयी भएका दुवै टिम पहिलो हाफसम्म १–० ले पछि थिए ।
दाङको तुल्सीपुरमा भएको सेमिफाइनलमा प्रहरीले नेपाल एपीएफ क्लबलाई पराजित ग¥यो । प्रहरीका सन्तोष हेम राणाले ५३ औं तथा सुमन लामाले ९१ औं मिनेटमा गोल गरे । एपीएफका दीपक खड्काले १७ औं मिनेटमा गोल गरे ।
उता घोराहीमा भएको अर्को सेमिफाइनलमा आर्मीले सुदूरपश्चिमाञ्चललाई हरायो । सुदूरपश्चिमाञ्चलका मणि चौधरीले १९ औं मिनेटमा गोल गर्दै टोलीलाई अग्रता दिलाएका थिए । आर्मीका एरिक विष्टले ६९ औं मिनेट बराबरी गोल फर्काए । ७१ औं मिनेटमा राजिव गुरुङले आर्मीका लागि विजयी गोल गरे । फाइनल शनिबार हुनेछ । त्यसै दिन तेश्रो स्थानका लागि पनि खेल हुनेछ । दुवै खेल घोराहीमा खेलाइनेछ ।

Comment