टिभिएस कम्पनीद्धारा स्कुटर प्रदान

4edited
टिभिएस कम्पनीले १० औ ढोरपाटन ब्लुस्काई कप महिला डबल लीग प्रतियोगतामा खेलाडी लाई पुरस्कृत गर्ने ३ थान स्कुटर प्रदान गरेको छ । माघ १० देखि२४ गते सम्म नया बसपार्कमा संचालन हुने प्रतियोगिताका उत्कृष्ट खेलाडी ,बर्ष खेलाडी तथा प्रतिभावन खेलाडीले स्कुटर पाउने छन् । ढोर पाटन स्पोर्टस् प्रशिक्षण केन्द्रका अध्यक्ष मानवीर छन्त्याललाई टिभिएस कपन्नी टेकु शाखाका प्रमुख सुरेश रायमाझीक्ष्ले स्कुटरको चावी हस्तान्तरण गरेका थिए । सो अवसरमा नेपाल भलिबल संघका पदाधिकारी आयोजकका पदाधिकारी लगायतको उपस्थिति रहेको थियो । सर्वाधिक पुरस्कार रासीको प्रतियोगितामा बिजयी टिमले २ लाख ५५ हजार,दोश्रोले १ लाख २५ हजार,तेश्रोले ६५ हजार,चौथोले ३५ हजार,पाचौले २५ हजार छैटौंले १५ तथा सातौंले १० हजार नगद पाउने छन् । ढोरपाटन भलीबल प्रशिक्षण केन्द्रका किरण घायलले टिभिएसको सहयोग महत्वपूर्ण रहेको प्रतिक्रिया दिए ।

Comment