एपीएफ, न्यु डायमण्ड र पश्चिमान्चल सेमिफाईनलमा

bharat and prativa
न्यु डायमण्ड एकेडेमी र पश्चिमान्चल सशस्त्र प्रहरी महानिरीक्षक कप महिला खुला राष्ट्रिय भलिबल प्रतियोगिताको सेमिफाईनलमा प्रवेश गरेका छन् । शनिवार भएको खेलमा न्यु डायमण्डले त्रिभुवन आर्मी क्लबलाई २५–८,२५–१२ र २५–१२ को सोझो सेटमा हरायो ।  वमन अफ दि म्याच प्रतिभा मालीको उत्कृष्ट प्रर्दशनमा अपराजित रहदै न्यु डायमण्डले २ खेलबाट ६ अंक जोड्न सफल भयो । त्यसै गरि पश्चिमानचलले पनि श्रीगाउ खेलकुद बिकास समितिलाई २५–६,२५–९ र २५–१५ को सोझो सेटमा हरायो ।  पश्चिमान्चलले पनि अपराजित रहदै २ खेलबाट ६ अंक जोडेको छ । पश्चिमान्चलकी मनिसा चौधरी वमन अफ दि म्याच भइन् । एक खेल अगाडिनै दुवै टिम सेमिफाईनलमा पुगेका हुन । आईतवार हुने यी दुईको खेलबाट समूह बीबाट बिजेता र उपबिजेताको टुंगो लाग्ने छ ।
राखेप कभर्डहलमा भएको खेलबाट सफलता हात पादै आयोजक एपीएफ क्लब पनि सेमिफाईनलमा प्रबेश गरेको छ । एपीएफले अपराजित हुने क्रमलाई कायमै राख्दै ढोरपाटनलाई २५–२,२५–६ र २५–९ को सोझो सेटमा हरायो । अर्को खेलमा नेपाल पुलिसले चण्डेश्वरी युवा क्लबलाई २५–७,२५–१३ र २५–६ को सोझो सेटमा हराउदै  पहिलो जित निकालेको छ । एपीएफको खेलमा बिनिता बुढाथोकी तथा नेपाल पुलिसको खेलमा रमिला तण्डुकार वमन अफ दि म्याच चुनिए ।

Comment