आदर्श र पवन फाइनलमा


आदर्श सौल र पवन प्रकृति ललितपुर जिल्लाव्यापी नवौं राष्ट्रपति रनिङ सिल्ड प्रतियोगिताको छात्रा भलिबलतर्फ मंगलबार फाइनलमा प्रवेश गरेका छन् । जावलाखेल भलिबल प्रशिक्षण केन्द्रमा भएको सेमिफाइनलमा आदर्श सौलले माउन्ट ओलिभ तथा पवन प्रकृतिले बज्रलाई समान २–० को सोझो सेटमा पराजित गरे । ७ टिमले लिग कम नकआउट आधारमा प्रतिस्पर्धा गर्नेछन् ।
ललितपुर जिल्ला खेलकुद समितिको आयोजनामा भइरहेको प्रतियोगिताको छात्रतर्फ लिग खेल भइरहेको छ ।

Comment