नेक्सस्लाई अर्किड कप


नेक्सस्ले दोश्रो अर्किड कप अन्तरविद्यालय छात्र फुटबल प्रतियोगिताको उपाधि शनिबार जितेको छ । कागेश्वरी नगरपालिकाको मनहरास्थित समृद्धि टोलमा रहेको आयोजक अर्किड पुपिल सेकेन्डरी स्कुलको मैदानमा भएको फाइनलमा नेक्सस्ले डिफेन्डिङ च्याम्पियन वेस्ट ग्रुप भिजनलाई सडन डेथमा पराजित ग¥यो । उपाधिसंगै नेक्सस्ले १० हजार नगद पुरस्कार पायो भने वेस्ट ग्रुपले ६ हजार नगदमा चित्त बुझायो ।
तेश्रो स्थानका लागि भएको खेलमा विनायकले गोल्डेन बर्डलाई २–१ ले हरायो । विनायकले ट्रफीसहित ३ हजार नगद पुरस्कार प्राप्त ग¥यो ।
विनायकका सतीश थापा उत्कृष्ट खेलाडी चुनिए । निर्मल ज्योतिले अनुशासित टिमको उपाधि हात पा¥यो ।
विजेतालाई सांसद् यज्ञराज सुनुवार, आयोजक अर्किडका सञ्चालक प्रेमकुमार भुजेललगायतले एक कार्यक्रमबीच पुरस्कार प्रदान गरे । माघ २१ गतेदेखि सुरु नकआउट प्रतियोगितामा ३० टिम सहभागी थिए ।

Comment