महिला साग अन्तर्राष्ट्रिय भलिबल सम्पन्न भारत बिजेता, नेपाल उपबिजेता

volleyball team photoपहिलो दक्षिण एशियाली आमन्त्रण महिला भलिवल प्रतियोगितामा घरेलु टोली नेपाल उपबिजेता बन्न सफल भएको छ । प्रतियोगिताको अन्तिम खेलमा श्रीलंकाबिरुद्ध रोमाञ्चक जित दर्ता गर्दै नेपाल प्रतियोगिताको दोस्रो स्थानमा रहन सफल भयो । प्रतियोगिताको उपाधि भने भारतले जितेको छ ।
प्रतियोगिताका चार मध्ये तीन खेल जितेर नौ अंक सहित नेपाल प्रतिोगिताको दोस्रो स्थानमा रहन सफल भयो । नेपाल भारतसंगमात्र पराजित भएको थियो । मंगलबार त्रिपुरेश्वरस्थित राष्ट्रिय खेलकुद परिषदको कवर्डहलमा भएको प्रतियोगिताको अन्तिम खेलमा नेपालले श्रीलंका बिरुद्धको प्रतिस्पर्धात्मक खेलमा तीन दुईको सेटमा जित निकाल्न सफल भयो । सुरुवाती दुई सेट आफ्नो पक्षमा पारेको नेपालले त्यसपछिका दुई सेटमा कमजोर प्रदर्शन गर्दै गुमाउन पुग्यो । अन्तिम सेटमा उत्कृष्ट पुनरागमन गर्दै नेपालले पहिलो पटक अन्तराष्ट्रिय प्रतियोगितामा श्रीलंकालाई हराउन सफल भयो । पहिलो र दोस्रो सेट क्रमसः २५–२३ र २५–२२ ले नेपालले आफ्नो पक्षमा पारेपनि तेस्रो र चौथो सेटमा श्रीलंका हावी हुदै क्रमसः २५–१९ र २५–१४ रोकेको थियो ।
सुरुमा ७–२ तथा त्यस पछि ८–३ को अबस्थामा श्रीलंकाले कमब्याक गर्दै ९–१० को अबस्था पुर्याएको थियो । अरुणा शाहीको उत्कृष्ट स्पाइक र कोपीला उप्रेतीको एक राम्रो ब्लक टर्बींग प्वाइनट बने पछि निर्णायक सेटमा नेपाली टोलीले १५–१० को जित हात पारेको हो ।
यसअघि मंगलबारैं सम्पन्न खेलमा भारतले बंगलादेशलाई तीन शून्यको सोझो सेटमा हराउदे उपाधि जितेको थियो । राउन्ड राविन लिग प्रणालीमा खेलाइएको प्रतियोगितामा भारत एकमात्र अविजित टोली रह्यो । अन्तिम खेलमा बंगलादेश बिरुद्ध भारतले २५–१३, २५–०६ र २५–९ को सहज सेटमा जित हात पारेको हो । उपाधि बिजेता भारतले नगद दुई हजार डलर पुरस्कार पाएको छ भने उपबिजेता घरेलु टोली नेपालले १ हजार डलर र तेस्रो भएको श्रीलंकाले ५ सय डलर पुरस्कार पाएको छ । प्रतियोगिताको उत्कृष्ट खेलाडी उपाधि बिजेता टोली भारतकी स्पाइकर टिजी राजु घोषित भइन । उनले नगद २५ हजार पुरस्कार पाईन ।
सार्कका पाँच राष्ट्रका टोलीहरुको सहभागीता रहेको प्रतियोगितामा अफगानिस्तान, पाकिस्तान र भुटानले सहभागीता जनाएको थिएन ।

Comment