नवौं विटी कप सेभेन–ए–साइड फुटबल जारी

पोखरा
बुद्धटोल युवा क्लब पोखरा पुरानो टुँडिखेलको आयोजनामा पुरानो टुँडिखेल मैदान बगरमा जारी नवौं विटी कप सेभेन–ए–साइड फुटबल प्रतियोगिताअन्तर्गत बिहीबार छ खेल सम्पन्न भएका छन्।
पहिलो खेलमा अर्चलबोट एफसीले एफसी जेडीलाई ३–१ ले पराजित ग¥यो। अर्चलबोटको लागि जिम्मी गुरुङले दुई तथा शिव गुरुङले एक गोल गरेका थिए भने एफसी जेडीको लागि मात्र एक गोल आशिष गुरुङले गरेका थिए।
दोस्रो खेलमा एलजी एशोसिएसन ए  ले रानीपौवा एफसीर्ला ५–१ को फराकिलो अन्तरले पराजित ग¥यो। एलजीको लागि सुशील केसीले ह्याट्रिक गरे भने सिद्धार्थ रञ्जितले दुई गोलको योगदान दिए। रानीपौवाको लागि कृष्ण अर्यालले सान्त्वना गोल फर्काएका थिए।
तेस्रो खेलमा एलजी एशोसिएसन बी ले विष्णुपादुका क्लब बी लाई ९–२ को विशाल अन्तरले पराजित ग¥यो। एलजी बी को लागि चिन गुरुङले चार, सुलेमान थापो ह्याट्रिक तथा अशोक गुरुङ र सूर्य आचार्यले एक गोल गरेका थिए। विष्णुपादुका बी को तर्फबाट रमेश परियार र सन्देश गुरुङले एक–एक गोल गरेका थिए।
चौथो खेलमा रत्नासेवा समाज ए ले आस्था ब्वाइज क्लबबाट वाकओभर पायो। पाँचौं खेलमा रत्ना सेवा समाज बी ले युनाइटेड स्पोर्टस् कलबलाई ४–१ ले पाखा लगायो। रत्नासेवा समाज बी को लागि विमल तामाङले दुई तथा सुमन तामाङ र मीन पुनले एक–एक गोल गरेका थिए। विमलले एक गोल पेनाल्टीमा गरेका थिए भने युनाइटेडको लागि जनक पुनले सान्त्वना गोल फर्काएका थिए।
छैटौं खेलमा गार्डेन एफसीले दिव्यदृष्टि क्लबलाई २–१ पराजित ग¥यो। गार्डेनको लागि राकेश गुरुङ र अन्जन देवकोटाले एक–एक गोल गरेका थिए भने दिव्यदृष्टिको लागि एक गोल दीलिप गुरुङले गरेका थिए।शुक्रबार पाँच खेल हुने राजु गुरुङले जानकारी दिए।
पुस १० गतेसम्म सञ्चालन हुने प्रतियोगितामा ३५ टीमको सहभागिता रहेको छ। प्रतियोगितामा विजेता टीमलाई नगद ७५ हजार पाँच सय ५५ तथा उपविजेता टीमलाई नगद ४५ हजार पाँच सय ५५, शिल्ड, मेडल र प्रमाणपत्र प्रदान गरिने क्लबका सहसचिव एवं खेल संयोजक प्रदीपकुमार राई ‘दाह्रासिंह’ ले जानकारी दिए।

Comment