सेन्ट जेभियर्स र एपीएफ सेमिफाइनलमा

आयोजक सेन्ट जेभियर्स स्कुल, गोदावरी र नेपाल एपीएफ स्कुल १९ औं फादर मोरान स्मृति अन्तरविद्यालय आमन्त्रण छात्र फुटबल प्रतियोगितामा सोमबार सेमिफाइनलमा प्रवेश गरेका छन् ।
गोदावरीस्थित घरेलु मैदानमा सेन्ट जेभियर्सले पुष्पाञ्जीलाई १–० को झीनो गोलअन्तरले पराजित ग¥यो । माइकल घलेले निर्णायक गोल गरे । एपीएफले डिफोन्डिङ च्याम्पियन एलआरआईलाई २–० ले हरायो । दुवै गोल पुष्पक सिलवालले गरे ।

Comment