तेक्वान्दो स्टार मनीताको अमेरिकामा सक्रियता , उज्वल कराते र तेक्वान्दोमा ब्यस्त

manit aand dineshekumar2e
अमेरिकाको भर्जीनीयामा भएको क्यापीटल ओपन तेक्वान्दो च्याम्पियनसीप २०१६ मा एभरेस्ट र्वल्डक्लास तेक्वान्दो एकेडेमी बाल्टीमोर पहिलो भएको छ । पहिलो भएको टोलीले २९ स्वर्ण, सात रजत र चार काश्य पदक तथा जुनियर ब्ल्याकबेल्ट फिीमेल ग्रान्ड च्याम्पियन र सीनियर ब्ल्याकबेल्ट फिीमेल ग्रान्ड च्याम्पियन समेत कुल ४२ पदक हात पार्न सफल भयो ।
एभरेस्टका २१ खेलाडीले पुम्से र ग्योरोगीमा प्रतिस्पर्धा गरेका थिए । टोलीमा ९ नेपाली मुल तथा १२ अमेरिकी मुलका खेलाडी सहभागि थिए । बि.स ६० को दशकको मध्यमा नेपाली खेलकुदकी सुपरस्टारको रुपमा परिचित मनीता शाहीले ग्योरोगीमा पहिलो तथा पुम्सेमा दाश्रो स्थान हात पारिन् ।
कृष्णा कार्कीले दुवै स्पर्धामा पहिलो स्थान पाउदा उज्वल ठकुरी पनि ग्योरोगीमा पहिलो भए । उनी अमेरिकाको भिन्न ठाउँमा भएको कराते च्याम्पियनसीपमा पनि पहिलो हुन सफल भएका थिए । एलन शाहीले पुम्सेमा पहिलो तथा ग्योरोगीमा दोश्रो स्थान पाए । सलीना खड्काले दुवै स्पर्धामा पहिलो स्थान हात पारिन् ।
हेमन छन्त्यालले पुम्सेमा पहिलो तथा ग्योरोगीमा दोश्रो स्थान पाए । प्रनिमा आचार्यले ग्योरोगीमा पहिलो तथा पुम्सेमा तेस्रो स्थान पाउदा विवेक क्षेत्रीले पुम्सेमा पहिलो तथा ग्यारोगीमा दोश्रो स्थान पाए । हेगन छन्त्यालले ग्योरोगीमा पहिलो तथा पुम्सेमा तेस्रो स्थान पाए । ब्ल्याकबेल्ट १४ बर्ष मुनी कृष्णा कार्की तथा १८ बर्ष माथी मनीता शाहीले ग्रान्ड च्याम्पियनको ट्रफी पाए ।
टोलीमा कुमार कार्की मुख्य प्रशिक्षक थिए भने मनीता सहित कल्पना कार्की र निमा धमला प्रशिक्षक थिए । नेपालबाट युएस ओपनका लागि अमेरिका पुगेका दिनेस श्रेष्ठ सहित राजु तीमल्सीना, रामचन्द« केसी, कृष्ण बलाल, कृष्ण मुरारी खड्का, प्रकास थापा, सुजन घर्ती मगर र ओमकार बेढा मगरले रेफ्रिको भुमिका निर्वाह गरेका थिए ।

Comment