आयोजक केन्द्रिय शाखा डोजो टिम च्याम्पियन

आयोजक केन्द्रिय शाखाडोजो चौथो उपत्यकाव्यापी कराते तथा किक बक्सिङ्ग प्रतियोगिता २०७३मा ८ स्वर्ण र १ रजत पदक प्राप्त गर्दै टिम च्याम्पियन हुन सफल भएको छ । दोश्रो भएको नरहरिपुर डोजो मच्छेगाँउले ७ स्वर्ण र ६ रजत तथा तेश्रो भएको भक्तपुर मेन डोजोले ५ स्वर्ण र २ रजत प्राप्त ग¥यो ।
तीन दिन सम्म संचालन भएको प्रतियोगितामा महिला एकल कातामा लैनचौरकी मनिता थापामगरले स्वर्ण पाईन् । उनले भक्तपुरकी करुणा श्रेष्ठलाई पराजित गरेकी थिईन् । तेश्रो स्थानमा जोरपाटीकी मिरा योञ्जन र आयोजककी एलिस्ता सुवेदी भए । टिम तर्फ नरहरिपुरले स्वर्ण प्राप्त गर्दा सोतोकान करातेले रजत पायो । पुरुष तर्फ एकल कातामा नरहरिपुरका प्रनिल मानन्धरले स्वर्ण, लैनचौरका राजकुमार तामाङ्गले रजत र लैनचौरका सुजन चेपाङ्ग तथा सोतोकानका प्रदीप थुलुङ्गले कास्य पाए । टिम तर्फ नरहरिपुर डोजोले स्वर्ण र सोतोकानले रजत पदक पाए ।
किक बक्सिङ्ग तर्फ महिला खुलमा नरहरिकी रजिना विष्टले स्वर्ण प्राप्त गरिन् । उनले ठिमीकी श्रेया रञ्जितलाई पराजित गरेकी थिईन् । आयोजककी रितु श्रेष्ठले कास्य पाईन् । पुरुष तर्फ नरहरिका नविन मानन्धरले स्वर्ण, घन्टाघरका अर्जून कार्कीले रजत र आयेजकका नविन थापा तथा रविन्द्र के.सी.ले कास्य पाए ।

Comment