आयोजककी मनिसा पहिलो

valley wide karated
आयोजककी मनिसा थारुले चौथो उपत्यका ब्यापी कराते तथा किक बक्सिङ प्रतियोगिताको ५५ केजी कुमुतेतर्फ पहिलो स्थान हात पारेकी छन् । शनिवार भएको फाईनल खेलमा मनिसाले चितवानकी दिपा थापामगरलाई हराएकी थिईन् । महिला कुमुतेको ५० केजीमा जोरपाटीकी मन्दिरा योञ्जनले पनौतीकी सुनिता ब्लोनलाई हराउदै स्वर्ण जितिन् । खुलातर्फ मच्छेगाउकी रोजिना बिष्टले बाजि मारिन् । रोजिनाले फाईनल खेलमा ठिमीकी श्रृया रंजितलाई निराश बनाएकी थिइन् । नेपाल सितोरियो कराते केन्द्रिय शाखा डोजोको आयोजनामा संचालन भएको प्रतियोगिताको पुरुष कुमुतेको २५ केजीमा भक्तपुरका मनोज लामाले ठिमीका बिजय लामालाई हराउदै स्वर्ण जिते । पुरुष ३० केजीको फाईनल खेलमा मच्छेगाउका स्वनिम मानन्धरले आनन्दनगरका अनिल स्याङताङलाई हराए । पुरुष ३५ केजीमा घण्टाघरका बुद्ध मोत्तानले भत्mपुरका एरिस शर्मालाई हराउदै स्वर्ण जिते ।

Comment