भारोत्तोलन ओलम्पिक छनोटमा जाने

weughtlifinge
२७ औं सिनियर महिला तथा ४६औं सिनियर पुरुष एशियन भारोत्तोलन च्याम्पियनसिपमा भाग लिन जाने नेपाली भारोत्तोलन टोली शुक्रबार उज्वेकिस्तानको तासकेन्त जाने भएको छ । उज्वेकिस्तान भारोत्तोलन महासंघको आयोजनामा हुने च्याम्पियनसिप ब्राजिलमा आयोजना हुने ३१ औ रियो ओलम्पिकको छनोट प्रतियोगिता समेत रहेको छ ।
एक खेलाडी र एक प्रशिक्षकको टोलीलाई राष्ट्रिय खेलकुद परिषदका सदस्य सचिव केशव कुमार विष्टले एक कार्यक्रमविच बिदाई गरे । २१ देखि ३० अप्रिल सम्म संचालन हुने च्याम्पियनसिपमा १२ औं दक्षिण एशियाली खेलकुदका रजत पदकधारी विकास थापाले ६२ केजी तौलमा प्रतिस्पर्धा गर्ने छन् । प्रशिक्षकमा प्रमुख प्रशिक्षक सुनिल लाल जोशी रहेका छन् । नेपाली टोलीले २५ अप्रिलमा च्याम्पियनसिपमा प्रतिस्पर्धा गर्नेछ ।

Comment