राष्ट्रिय प्रतियोगिता पूर्वाञ्चलको इलाममा

नेपाल बुद्धिचाल संघको अायोजना र इलाम जिल्ला बुद्धिचाल संघ तथा गज्रमुखी चेस क्लबको व्यवस्थापनमा  यही  ६ देखि ११ जेठसम्म १९ अौ राष्ट्रिय प्रतियोगिता र चौथो महिला राष्ट्रिय प्रतियोगिता पूर्वाञ्चलको इलाममा हुने भएको छ । राष्ट्रिय प्रतियोगिताको लागि संघले ए र बि गरि संचालन गर्ने तयारी गरेकोछ। ए तर्फ ४१ अाौ चेस अोलम्पियाड टिममा रहेका ५  जना खेलाडीहरु , फिडे मास्टर र क्याण्डिडेट मास्टरहरु तथा भेट्रान , एमेच्योर , यु – १९ राष्ट्रिय बिजेताहरु साथै नेपाली सेना, जनपद र सशस्त्र प्रहरीबाट एक एक जना सोझै प्रतिशपर्धा  गर्नेछन् । त्यसैगरी बि तर्फको खेलबाट खुल्ला छनोटबाट बीस जना र महिलातर्फ बाह्र खेलाडीहरु छनोट हुनेछन् ।
ललितपुर जिल्ला बुद्धिचाल संघको व्यवस्थापनमा यहीँ  २० देखि २४ बैशाखसम्म ललितपुरको सातदोबाटो स्थित अन्तर्राष्ट्रिय खेलकुद परिसरमा बि तर्फको खेलहरु संचालन हुनेछन् । छनोट खेलको लागि उपत्यकाबाहीरबाट सहभागी हुने खेलाडीहरुलाई अाबसको व्यवस्था गरिएको छ।
राष्ट्रिय प्रतियोगितामा प्रथम देखि पाँचौ स्थान हात पार्ने खेलाडीहरुले सेप्टेम्बर १ देखि १४ तारिखसम्म अजरबैजानको बाकुमा हुने ४२ अौ चेस अोलम्पियाडमा सहभागीता जनाउने छन्।

Comment