तेस्रो नेपाल कप इलाममा

nepal lcupeस्पोर्टस फर अल क्लब नेपाल र राष्ट्रिय खेलकुद संघ नेपालो आयोजनामा १८ देखि २५ बैशाखसम्म तेस्रो नेपाल कम आमन्त्रण फुटबल प्रतियोगिता हुने भएको छ । इलामको फिक्कलमा रहेको करफोक फुटबल मैदानमा हुने सो प्रतियोगितामा नेपाल र भारतका गरि १० टिमको सहभागीता रहने निश्चित भएको मंगलबार आयोजीत पत्रकार सम्मेलनमा स्पोर्टस फर अल क्लबका अध्यक्ष लोकबहादुर शाहीले बताए ।
यस अघिका दुई संस्करण जनकपुर र इलाममा भएको थियो । गत बर्ष बैशाखमा आएको विनाशकारी भुकम्पका कारण प्रतियोगिताको समय परिवर्तन भएको शाहीले बताए । प्रतियोगिताको सम्पूर्ण तयारी पुरा भएको क्लबले जनाएको छ । प्रतियोगितामा सहभागी क्लबहरुमा मोरङ्ग ११, त्रिवेणी युथ क्लब, काकडभित्ता फुटबल ट्रेनिङ्ग सेन्टर, एपिएफ पुर्वाञ्चल फुटबल टिम, ताप्लेजुङ्ग ११, मकवानपुर ११ फुटबल टिम र इलाम ११ फुटबल टिम रहेका छन् । त्यसैगरि भारतबाट सहभागी रहेका टिमहरुमा कन्चनजंगा फुटबल क्लब सिलुगुडी, दार्जलिङ्ग ११, सारे फुटबल क्लब कालिङपोङ्ग रहेका छन् । मंगलबार नै जारी गरेको टाइसिट अनुसार बैशाख १८ गते हुने उद्घाटन खेलमा दार्जलिङ ११ र काकडभित्ता फुटबल ट्रेनिङ्ग सेन्टरबिच प्रतिस्पर्धा हुने छ ।
प्रतियोगितालाई राष्ट्रिय खेलकुद परिषदले समेत आफ्नो बार्षिक कार्यक्रममा समावशे गरेको क्लबले जनाएको छ । मंगलबार पत्रकार सम्मेलनमा शाहीले भने ‘निजि क्षेत्रबाट संचालित प्रतियोगितालाई अझ स्तरबृद्धि गर्दै नेपालको निजि क्षेत्रबाट संचालन गरिने एक प्रतिष्ठित प्रतियोगितको रुपमा स्थापित गर्दै अन्तर्राष्ट्रिय प्रतियोगितको रुपमा यस प्रतियोगितालाई स्थापित गर्ने समेत उद्देश्य रहेको छ ।’
यस प्रतियोगितामा विजेताले १ लाख नगदर ट्रफी पुरस्कार राखिएको छ भने उपविजेता टिमले ५०हजार नगद पुरस्कार प्राप्त गर्ने छ । प्रतियोगिताका लागि १५ लाख १० हजार खर्च लाग्ने अनुमान गरिएको शाहीले बताए । प्रतियोगिताको साविक विजेता इलाम रातो हो ।

Comment