सुमितलाई सम्बृद्ध चेस उपाधि

तस्बिर सौजन्य ः ज्ञानेन्द« खाइजु
तस्बिर सौजन्य ः ज्ञानेन्द« खाइजु

सम्बृद्ध समाज नेपाल रुकुमद्धारा आयोजित समृद्ध इन्टरनेशनल फिडे रेटिङ चेस प्रतियोगिताको उपाधि थापाथलि चेस पार्कका युवा खेलाडी सुमित पन्तले जितेका छन् । उनले नवौं खेलमा फिडेमास्टर मनिष हमालसित बराबरी गर्दै ७ .५ अंक जोडेका थिए । उपाधिसँगै उनले एक लाख रुपैया प्राप्त गरे । त्यस्तै पूर्वनेपाल च्याम्पियन नविन तण्डुकारलाई हराएका गरेका वर्तमान नेपाल च्याम्पियन केशव श्रेष्ठ समान अंक भएपनि प्रोग्रेसिव टाईब्रेकमा दोश्रो भए । सुमितको ३९ र केशवको साढे ३७ प्रोग्रेसिव थियो । केशवले नगद पचास हजार हात पारे ।
स्वीस लिग ९ चरणका खेलमा थापाथलीकै सुमन राई अन्तिम खेलमा बाँकेका तिर्थ बहादुर विकलाई पराजित गरी ७ अंकका साथ तेश्रो भए । उनले ३० हजार रुपैया पाए । चौथौं स्थानमा रहेका पूर्व नेपाल च्याम्पियन बद्रिलाल नेपालीले २० हजार र पाँचौं भएका मनिष हमालले १५ हजार पुरस्कार पाए । त्यस्तै समान ६ अंकका साथ छैटौंदेखि दशौं स्थानमा नविन तण्डुकार, तिर्थ विक, भक्तपुरका ज्ञानेन्द्र खाइजु, रुकुमका मिलन रोका र बर्दियाका इश्वरकुमार श्रेष्ठ रहेका छन् । उनीहरुले १० हजार रुपैया पाए ।
पाँचदिने प्रतियोगितामा एघारौंदेखि पन्ध्रौं स्थानमा कंचनपुरका अर्जुनप्रसाद भट्ट, दाङ्गका दिनेश थापा, कैलालीका धनबहादुर बोगटी, कंचनपुरकै कविराम तामाङ्ग र दैलेखका शक्तिराम बुढा रहे । उनीहरुले ८ हजार रुपैया प्राप्त गरे ।कुल ४ लाख २६ हजार रुपैया पुरस्कार रहेको प्रतियोगितामा मा सराजे थापा स्थानीय उत्कृष्ठ भए । त्यस्तै अनरेटेडतर्फ कास्कीका अटल बहादुर कोइराला प्रथम, रुकुमका धनबीर ओली द्धितीय, भेट्रानमा नवलपरासीका मोहनसिं प्रधान, महिलामा रुकुमकोटकी अन्जु शाह, छात्र १६ बर्षमुनी कैलालीका महेश खड्का, १४ बर्षमुनी बर्दियाका निशान्त श्रेष्ठ, १२ बर्षमुनी रुकुमका धिरज रेउले, छात्रातर्फ १४ बर्षमुनी काठमाण्डौंकी लितिसा श्रेष्ठ र १२ बर्षमुनी रुकुमकी सपना गिरी उत्कृष्ठ ठहरिए ।
विजेता खेलाडीहरुलाई आयोजक संस्थाका अध्यक्ष सुबोधराज सेर्पालीको सभापतित्वमा एक कार्यक्रमबीच नेपाल बुद्धिचाल संघका अध्यक्ष एकालाल श्रेष्ठ र राखेपका सदस्य उपेन्द्र पौडेल लगायतले पुरस्कार प्रदान गरे ।

Comment