सुमित शिर्षस्थानमा

sumit in leade
थापाथलि चेस पार्कका युवा खेलाडी सुमित पन्त रुकुममा जारी समृद्ध इन्टरनेशनल फिडे रेटिङ चेस टुर्नामेन्टमा ७ अंकका साथ एक्लै शिर्ष स्थानमा रहेका छन् । उनले शनिबार सम्पन्न सातौं र आठौं चरणका खेलमा क्रमशः कंचनपुरका अर्जुन प्रसाद भट्ट र पूर्व नेपाल च्याम्पियन नविन तण्डुकारलाई पाखा लगाए । नवौं चरणमा सुमितले उपाधिका लागि फिडेमास्टर मनिष हमालसित खेल्ने छन् । त्यस्तै वर्तमान नेपाल च्याम्पियन केशव श्रेष्ठ साढे ६ अंकका साथ दोश्रो स्थानमा रहेका छन् । केशवले अन्तिम चरणमा नविन तण्डुकारसित भिड्ने छन् । सम्बृद्ध समाज नेपाल रुकुमद्धारा आयाजित प्रतियोगितामा नविन सहित थापाथलिका सुमन राई र बाँकेका तिर्थ बहादुर विकले समान ६ अंक हात पारेका छन् ।
त्यसैगरी बद्रिलाल नेपाली र भक्तपुरका ज्ञानेन्द्र खाइजुकोे ५.५ अंक छ । अर्जुन भट्ट, कैलालीका धनबहादुर बोगटी, बर्दियाका इश्वर श्रेष्ठ, दाङ्गका दिनेश थापा, दैलेखका शक्तिराम बुढा, कास्कीका अटल कोइराला र रुकुमका मिलन रोका, धनबीर ओली, सरोज थापाले ५ अंक प्राप्त गरेका छन् ।
कुल ४ लाख २६ हजार रुपैया पुरस्कार रहेको पाँच दिने प्रतियोगिताको अन्तिम चरणको खेल हुने छ । त्यसपछि नेपाल बुद्धिचाल संघका अध्यक्ष एकालाल श्रेष्ठको प्रमुख आतिथ्यतामा पुरस्कार बितरण कार्यक्रम हुने प्रतियोगिता संयोजक सुबोधराज सेर्पालिले जानकारी दिए ।

Comment