सम्बृद्ध चेस जारी

samridha3e
सम्बृद्ध समाज नेपालद्धारा आयोजित समृद्ध इन्टरनेशनल फिडे रेटिङ चेस टुर्नामेन्टमा शुक्रबार पाँचौं र छैटौं चरणका खेलहरु सम्पन्न भए । छैटौं चरणको समाप्तिमा नेपाल च्याम्पियनहरु सिएम केशव श्रेष्ठ, बद्रिलाल नेपाली, फिडेमास्टर मनिष हमाल, नविन तण्डुकार र थापाथलि चेस पार्कका सुमित पन्त समान ५ अंकका साथ शिर्ष स्थानमा रहेका छन् । सातौं चरणमा पहिलो बोर्डमा बद्रि र केशव तथा दोश्रोमा नविन र मनिषबीच भिडन्त हुनेछ ।
पाँच दिने टुर्नामेन्टमा रुकुमका मिलन रोका र कंचनपुरका अर्जुन प्रसाद भट्ट साढे ४ अंकका साथ दोश्रो स्थानमा छन् । त्यस्तै ४ अंक प्राप्त गर्ने खेलाडीहरुमा सिएम रिजेन्द्र राजभण्डारी, भक्तपुरका ज्ञानेन्द्र खाइजु, बाँकेका तिर्थ विक, दाङ्गका दिनेश थापा र थापाथलिका सुमन राई, रुकुमका डा. दिपेन्द्र पुन, दैलेखका शक्तिराम बुढा, कास्कीका अटल बहादुर कोइराल र कैलालीका धन बहादुर बोगटी रहेका छन् ।
स्वीस लिग ९ चरणको खेल हुने टुर्नामेन्टमा ५२ जना खेलाडीहरु सहभागी छन् भने कुल नगद पुरस्कार ४ लाख २६ हजार छ । शनिबार सातौं र आठौं चरणको खेल हुने छ ।

Comment